मधेशमा नयाँ सत्ता समीकरण : जितेन्द्र प्रसाद सोनार मुख्यमन्त्री नियुक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मधेश प्रदेशमा सत्ता समीकरण फेरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छिन्।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सोनारलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। प्रदेश प्रमुख भण्डारीले उनलाई पदभार ग्रहणका लागि बधाई दिँदै जिम्मेवारी सफलतापूर्वक वहन गर्न शुभकामना व्यक्त गरेकी छन्।
सोनार हाल बारा क्षेत्रका प्रदेशसभा सदस्य हुन्। मुख्यमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले नयाँ मन्त्रिपरिषद् गठनको तयारी थालेका छन्।
मधेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनलाई चुनौती दिँदै सोनार सत्ताको शीर्षस्थानमा पुगेका हुन्। नयाँ राजनीतिक समीकरणसँगै प्रदेशको सत्ता सन्तुलनमा ठूलो परिवर्तन आएको देखिन्छ।













