'जेनजी’ भन्दै धम्की दिने अर्जुन शाही पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of 'जेनजी’ भन्दै धम्की दिने अर्जुन शाही पक्राउ

काठमाडौ । आफूलाईजेनजीअभियानसँग जोड्दै विभिन्न सरकारी निकायमा गएर धम्की र दवाव दिने अछामका अर्जुन शाही अखेर पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार शाहीलाई बुधबार साँझ साढे ७ बजे कोटेश्वरबाट पक्राउ गरिएको हो। उनीमाथि बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगी र अन्य आपराधिक मुद्दामा फरार रहेको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

२६ वर्षीय शाहीले केही समयअघि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल विमानस्थल प्राधिकरणमा समेत ज्ञापन पत्र बुझाउँदै अधिकारीहरूको राजीनामा मागेका थिए।

शाही यसअघि पनि विवादास्पद गतिविधिका कारण चर्चामा आएका थिए। सर्वोच्च अदालतकी पूर्वमुख्य न्यायाधीश सुशीला कार्कीको शपथ समारोहका क्रममा उनीजेनजीअभियानको सहसंयोजकको रूपमा शीतल निवास प्रवेश गरेका थिए।

प्रहरीका अनुसार शाहीमाथि थप अनुसन्धान जारी छ। उनका विगतका आपराधिक गतिविधि, आर्थिक ठगी र संगठनगत सम्बन्धबारे प्रहरीले थप विवरण संकलन गरिरहेको जनाएको छ।