नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल लगातार दोस्रो पटक टी–२० विश्वकपमा

काठमाडौ । नेपालले लगातार दोस्रो पटक टी२० विश्वकपमा सहभागिता जनाउने पक्का भएको छ। ओमानमा जारी ईस्ट एशियाप्यासिफिक क्वालिफायरमार्फत नेपाल र घरेलु टोली ओमानले २०२६ टी२० विश्वकपको टिकट हात पारेका हुन् ।

बुधबार राति सम्पन्न खेलमा यूएईले सामोआलाई हराएपछि नेपाल र ओमान दुवै टोली विश्वकपमा पुग्ने निश्चित भएको हो। प्रतियोगितामा अपराजित रहेका दुवै टोलीले दुई खेल बाँकी छँदै सुपर सिक्स चरणमा ६६ अंकका साथ शीर्ष दुई स्थानमा कब्जा जमाएका छन्। रनरेटका आधारमा ओमान पहिलो र नेपाल दोस्रो स्थानमा छन्।

अब नेपाल र ओमानबीचको खेल समूह विजेता निर्धारण गर्ने निर्णायक म्याच हुनेछ। नेपालले यदि ओमानलाई पराजित गर्न सफल भयो भने शीर्षस्थानमा उक्लिनेछ। अन्तिम खेलमा नेपालले शुक्रबार सामोआसँग खेल्नेछ।

सन् २०२६ मा हुने टी२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्नेछन्। सन् २०१४ मा पहिलोपटक विश्वकप खेलेको नेपालले १० वर्षको प्रतीक्षापछि लगातार दोस्रो पटक विश्वकपमा पुग्ने सफलता हासिल गरेको हो।