नेपाल स्टक एक्सचेन्जमा गिरावट, २२.५८ अङ्कले घटेर २५०५.५८ सूचकाङ्कमा

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल स्टक एक्सचेन्जमा गिरावट,  २२.५८ अङ्कले घटेर २५०५.५८ सूचकाङ्कमा

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा परिसूचकमा गिरावट आएको छ। बुधबार बजार बन्द हुँदा नेप्से सूचकाङ्क २२.५८ अङ्कले घटेर २५०५.५८ मा पुगेको छ।

आजको कारोबारमा कुल ३ अर्ब १० करोड ८३ लाख ९४ हजार ५ सय ४६ रुपैयाँ बराबरको ७६ लाख ११ हजार ६ सय ६० कित्ता सेयर किनबेच भएको छ। यस दिन कुल ३१८ वटा कम्पनीका सेयर कारोबार भएका थिए, जसमा ४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको मूल्य घटेको छ।

पाँच कम्पनीको मूल्य भने स्थिर रहेको छ। कुल कारोबार सङ्ख्या ३५ हजार ७५० रहेको छ। बजारमा आज म्युचुअल फण्ड बाहेक सबै परिसूचक घटेका छन् र सबैभन्दा ठूलो गिरावट ट्रेडिङको क्षेत्रमा २.०९ प्रतिशत भएको छ। आज सबैभन्दा बढी नाफा कमाउने कम्पनीमध्ये समता लघुवित्तको नाम प्रमुख छ, जसको सेयर मूल्य उल्लेखनीय वृद्धि भएको छ।

तर, समाज लघुवित्त र विन्धबासिनी हाइड्रोपावरका सेयरमा नकारात्मक सर्किट लागेको छ। नेपाल पुनर्बीमा कम्पनीको कारोबार रकम २० करोड ५४ लाख रुपैयाँ रहेको छ। हिमालयन पुनर्बीमा र युनियन हाइड्रोपावरका सेयर पनि क्रमशः १३ करोड ४९ लाख र १२ करोड ९९ लाखको कारोबार भएको छ।