राप्रपाको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ र २८ गते, महाधिवेशनको मिति तय गरिने (विज्ञप्ती सहित)

User Image Prime TV News एक महिना अगाडि
Image of राप्रपाको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ र २८ गते, महाधिवेशनको मिति तय गरिने (विज्ञप्ती सहित)

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको आगामी कार्यदिशा र सांगठनिक तयारीका विषयमा छलफल गर्न कात्तिक २७ र २८ गते केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय लिएको हो । 

राप्रपाले संगठन सुदृढीकरणका लागि छठ पर्वपछि देशव्यापी जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

जनताको बीचमा पुगेर पार्टीको दृष्टिकोण र नीति स्पष्ट पार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिने पार्टीले जनाएको छ।

यसअघि पनि राप्रपाले विभिन्न क्षेत्रीय भेलामार्फत कार्यकर्ता र जनस्तरसँग संवाद गर्दै आएको छ।