चीनले नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण
Prime TV News एक महिना अगाडि 
काठमाडौ । चीनले नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनको जिउचुआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनले जासुसी सम्बन्ध नयाँ उपग्रह प्रक्षेपण गरेको हो ।
शियान–३१ नामको परीक्षण उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । योे एक प्राविधिक उपग्रह हो ।
यो मुख्य रूपमा नयाँ अप्टिकल इमेजिङ प्रविधिहरूको परीक्षण र प्रमाणीकरण गर्न प्रयोग गरिनेछ । यो प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाको ५९९औँ उडान मिशन हो ।













