मधेश प्रदेशमा सरकार गठनको रस्साकस्सी : कांग्रेस–एमाले गठबन्धन र लोसपा–जनमत दुवैको दाबी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मधेश प्रदेशमा सरकार गठनको लागि दुई फरक गठबन्धनबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले ५८ सांसदको समर्थनसहित मुख्यमन्त्रीको दाबी पेस गरेका छन्। तर, लोसपाका नेता जितेन्द्र सोनलले पनि ६ दलको समर्थनसहित ५७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।
कृष्णप्रसाद यादवको दाबीमा नेपाली कांग्रेस २२, नेकपा एमाले २८ र जनमत पार्टी १३ का सांसदको समर्थन रहेको उल्लेख गरिएको छ। यादवसहित एमाले संसदीय दलका नेता सरोजकुमार यादव र अन्य नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए।
त्यसैबेला, लोसपाका नेता जितेन्द्र सोनलले पनि जनमत पार्टीसहितको समर्थन प्राप्त भएको दाबी गर्दै मुख्यमन्त्री नियुक्तिको माग गरेका छन्। जनमत पार्टीका संसदीय दल नेता महेशप्रसाद यादव स्वयं सोनलको पक्षमा उपस्थित थिए। तर यतिबेला विवाद उत्पन्न भएको छ।
जनमत पार्टीको दुवै गठबन्धनमा उपस्थितिले राजनीतिक अन्योलता सिर्जना गरेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष दुबै पक्षले दाबी पेस गरिसकेका छन्।













