नेकपा एमालेको महाधिवेशन मंसिर २७ देखि पोखरामा गर्ने प्रस्ताव
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवेशन मंसिर २७, २८ र २९ गते पोखरामा आयोजना गर्ने प्रस्ताव अघि सारेका छन्।
आज बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको सम्भावित मिति र स्थानसहितको प्रस्ताव प्रस्तुत गरेका हुन्। बैठकमा उनले पार्टीलाई सुदृढ बनाउने, सांगठानिक पुनर्संरचना गर्ने र आगामी निर्वाचनलाई लक्षित गरेर रणनीति तय गर्ने उद्देश्यसहित महाधिवेशनको आवश्यकता रहेको बताए।
एमालेको केन्द्रीय कमिटी बैठकले प्रस्तावमाथि छलफल गरी मिति तथा स्थानलाई औपचारिक निर्णयमार्फत टुंगो लगाउने तयारी गरेको छ। यसअघि एमालेको अन्तिम महाधिवेशन २०७८ सालमा चितवनमा सम्पन्न भएको थियो।
आगामी महाधिवेशनमा पार्टीको नेतृत्व चयनदेखि नीति, कार्यक्रम र संगठनमा गहिरो समीक्षा र सुधार अपेक्षित गरिएको छ। महाधिवेशनको तयारीका लागि प्रदेश र जिल्ला तहसम्म सांगठनिक गतिविधिहरूलाई तीव्र बनाउने निर्णय पनि बैठकले गर्नेछ।













