विप्लवको नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र गठनको प्रस्ताव
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्नुपर्ने सुझाव पार्टीभित्रबाट उठ्न थालेको छ। कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा आइतबारदेखि जारी विशेष बैठकमा अधिकांश सदस्यहरूले वर्तमान दल र नेतृत्वबाट क्रान्तिकारी परिवर्तन सम्भव नभएको भन्दै नयाँ केन्द्रको आवश्यकता औंल्याएका हुन्।
शक्तिहरूले नेपाली कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने प्रयास गरिरहेकाले अब सच्चा क्रान्तिकारी शक्तिहरूबीच एकता र ध्रुवीकरण अपरिहार्य भएको बताएका छन् । विप्लवले प्रचण्ड, माधव नेपाललगायत नेताहरूसँग पनि नयाँ कम्युनिस्ट केन्द्र निर्माणसम्बन्धी प्रस्ताव राखिसकेका छन्।
बैठकमा महासचिव विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार’ शीर्षकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । जसमा जेनजी विद्रोहपछिको राजनीतिक मूल्याङ्कन, पार्टीको जिम्मेवारी र आगामी कार्यक्रम समेटिएको छ।
मंगलबारसम्म केन्द्रीय सदस्यहरूले धारणा राखेका छन् भने बुधबार पोलिटब्युरो सदस्यहरूको धारणा लिइएपछि विप्लवले उठेका प्रश्नहरूको जवाफ दिनेछन्। बैठक बिहीबारसम्म सम्पन्न हुने बताइएको छ।













