ट्रम्पले दिए चीनविरुद्ध कडा चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of ट्रम्पले दिए चीनविरुद्ध कडा चेतावनी

काठमाडौ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा चेतावनी दिएका छन् । ट्रम्पले चीनले जानाजान अमेरिकी किसानहरूको लागि आवश्यक सोयाबिन खरिद रोक्दै आर्थिक नोक्सान पुर्‍याइरहेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखे, “चीनले जानाजान हाम्रो सोयाबिन खरिद नगरी किसानहरूलाई समस्या पुर्‍याइरहेको छ । यो आर्थिक आक्रमण हो ।” ट्रम्पले अमेरिका चीनबाट कुकिङ आयल र अन्य उत्पादनहरूको व्यापार बन्द गर्न सक्ने चेतावनी पनि दिएका छन् ।

अमेरिका आफैं कुकिङ आयल उत्पादन गर्न सक्षम भएको उनले उल्लेख गरेका छन् । अमेरिकी-चिनियाँ व्यापार तनावको बीचमा ट्रम्पको यस्तो अभिब्यक्ति आएको हो । जहाँ दुबै देशले एकअर्काका ढुवानी कम्पनीहरूमा अतिरिक्त शुल्क लगाएका छन् । यसको प्रभाव अमेरिकी सेयर बजारमा नकारात्मक रूपमा परेको छ ।