नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक बस्दैछ। बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू तय गर्नेछ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन प्रस्तुत गरी त्यसका बारेमा छलफल गरिनेछ भने सचिवालय बैठकले गरेका निर्णयहरूलाई पनि अनुमोदन गरिनेछ। यसअघि पार्टीको एघारौँ सचिवालय बैठक असोज २४ र २६ गते बसेको थियो।
उक्त बैठकले वर्तमान राजनीतिक संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा र आगामी निर्वाचनको भरपर्दो वातावरण बनाउन लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्ति र पार्टीहरूबीच संवाद र सहकार्य बढाउने निर्णय गरेको थियो।
त्यसैगरी, बैठकले वामपन्थी, कम्युनिस्ट र समाजवादी पार्टीहरूबीच भइरहेको एकता सम्बन्धी वार्ता प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन वार्ता समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको थियो।













