रास्वपाको सचिवालय बैठक बस्दै, विस्तारित बैठकको तयारीबारे छलफल हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दैछ। बैठकमा पार्टीको आगामी विस्तारित बैठकको तयारी सम्बन्धी विषयमा छलफल हुने भएको छ।
रास्वपाका नेता सन्तोष परियारले बैठकमा संगठन सुदृढीकरण, भेला र कार्यदिशाबारे प्राथमिक छलफल हुने जानकारी दिएका छन्। उनका अनुसार विस्तारित बैठकमार्फत पार्टीले आगामी राजनीतिक कदम र संगठनात्मक संरचना सम्बन्धमा महत्वपूर्ण निर्णय लिने तयारी गरिरहेको छ।
सचिवालय बैठककै कारण समय जुधेको भन्दै रास्वपाका नेताहरू सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठकमा सहभागी भएका छैनन्। सभामुखले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका थिए। रास्वपाले पछिल्ला केही महिनामा संगठन विस्तारसँगै विभिन्न नीतिगत विषयमा आन्तरिक छलफल तीव्र पारेको छ।













