फेरि बढ्यो सुनको मु्ल्य

User Image Prime TV News एक महिना अगाडि
Image of फेरि बढ्यो सुनको मु्ल्य

काठमाडौ । नेपालको सुनचाँदी बजारमा मुल्यले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा रु २ लाख ४८ हजार ९०० पुगेको छ ।

जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो। यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० कायम गरिएको थियो। बुधबारको दरअनुसार एकैदिनमा सुनको मूल्य ४ सयले बढेको हो।

चाँदीको मूल्यमा समेत सामान्य वृद्धि देखिएको छ। मंगलबार तोलाको ३ हजार ३२५ मा कारोबार भएको चाँदी बुधबार ३ सय ३४० मा पुगेको छ । जसअनुसार चाँदी प्रति तोला १५ रुपैयाँ ले महँगिएको हो।