संसद विघटनबारे दलहरू विभाजित, आ–आफ्नो रणनीतिमा केन्द्रीत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सभामुख देवराज घिमिरेद्वारा आयोजित सर्वदलीय बैठकमा प्रमुख दलहरूबीच प्रतिनिधिसभा विघटनसम्बन्धी धारणा स्पष्ट हुँदै गएको छ।
प्रमुख राजनीतिक दलहरुले संसद पुनर्स्थापनाको पक्ष लिँदै संवैधानिक विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने आगामी निर्वाचनमा जानु उपयुक्त विकल्प भएको बताउँदै चुनावी तयारीमा जुटेको छ।
रास्वपाले संसद पुनर्स्थापनाको माग नगर्ने स्पष्ट निर्णय गरिसकेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, “२३ भदौको घटनापछि नै हामीले नयाँ जनादेशमा जानुपर्ने निर्णय गरिसकेका थियौं। अहिले हामी चुनावी घोषणापत्र तयार पार्ने चरणमा छौं।”
यसैबीच, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसद पुनर्स्थापना नै लोकतान्त्रिक समाधान भएको बताएको छ। सभापति शेरबहादुर देउवाले संसद विघटन असंवैधानिक भएको टिप्पणी गरेका छन् । तर कांग्रेसका महामन्त्री गगन थापा लगाएता युवा नेताहरु भने चुनावकाे तयारीमा लाग्नु पर्ने वताउदै आएका छन् ।
नेकपा एमालेले भने संसद पुर्नस्थापनाको बिकल्प नभएको बताएको छ । पार्टी सचिवालयको बैठकले समेत ससद पुर्नस्थापनाको पक्षामा निर्णय गरि सकेको छ । यस्तै नेकपा माओवादी केन्द्र भने ससद पुर्नस्थापना नभइ निर्वाचनको पक्षमा देखिएको छ । जेनजी आन्दोलनको म्यान्डेड अनुसार नै दलहरु निर्वाचनमा जानुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
जनेजी आन्दोलन सगै सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएसगै यहि फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा भै सकेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसगै निर्वाचन आयोगले समेत निर्वाचन कार्यतािलका सार्वजनिक गर्दै चुनावी प्रक्रिया अघि वढाइ सकेको छ ।













