काठमाडौंमा राहदानी सेवा पुनः सुरु, दुई सिफ्टमा संचालन

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौंमा राहदानी सेवा पुनः सुरु, दुई सिफ्टमा संचालन

काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगजनीका कारण रोकिएको राहदानी सेवा आजदेखि पुनः सुरु गरेको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कार्यालयको भवनमा आगजनी र तोडफोड भएपछि राहदानीसम्बन्धी सेवा स्थगित गरिएको थियो।

आवश्यक मर्मत र पुनः व्यवस्थापनपछि आजदेखि सेवा सुचारु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार राहदानी सेवा अब बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ। अनलाइन आवेदन फारम भने साँझ ५ बजेसम्म मात्र खुला रहने छ।

उनका अनुसार सेवाग्राहीको अत्यधिक चापका कारण निर्धारित समयमा उपस्थित हुन अनुरोध गरिएको छ। सीमित आवेदन स्टेशन र उपकरणका कारण पाँच बजेपछि नयाँ आवेदन लिन नसकिने पनि सूचनामा उल्लेख गरिएको छ।