एमालेको केन्द्रीय कमिटी बैठक आज, ओलीले पेश गर्दै राजनीतिक प्रतिवेदन

User Image Prime TV News एक महिना अगाडि
Image of एमालेको केन्द्रीय कमिटी बैठक आज, ओलीले पेश गर्दै राजनीतिक प्रतिवेदन

काठमाडौ । नेकपा (एमाले) को  केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको जावलाखेल भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ।

तीन दिनसम्म चल्ने बैठकले पार्टीको ११औं महाधिवेशन तयारी, संगठन सुदृढीकरण र हालको राजनीतिक अवस्थामाथि गहिरो छलफल गर्ने बताइएको छ । 

बैठकको उद्घाटन सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थिति समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्दैछन्।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ओलीको प्रतिवेदनमा प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै प्रधानमन्त्रीको एकल निर्णयप्रतिको आलोचना, शान्ति र स्थायित्वको अभाव, र निष्पक्ष चुनावबारेको आशंकाजस्ता विषय समावेश हुनेछन्।

एमालेले मंसिर अन्त्यतिर ११औं महाधिवेशन गर्ने तयारी गरेको छ। आज सुरु भएको बैठकलाई आगामी महाधिवेशनको रूपरेखा, नेतृत्व रणनीति र पार्टीको आगामी राजनीतिक दिशानिर्देश तय गर्ने निर्णायक मोडको रूपमा हेरिएको छ।