विपिन जोशीको निधनप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त

User Image Prime TV News एक महिना अगाडि
Image of विपिन जोशीको निधनप्रति प्रचण्डद्वारा श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त

काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपिन जोशीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

उनले भने , “विपिनको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बावजुद उहाँलाई जीवित फर्काउन नसक्नु अत्यन्त पीडादायक विषय हो।”

दाहालले आफन्त गुमाउनुको पीडा आफूले नजिकबाट अनुभूत गरेको उल्लेख गर्दै दुःखद् यो क्षणमा परिवारजनहरूलाई धैर्य र साहसका साथ अघि बढ्न आग्रह गरेका छन् । नेपाल सरकारले विपिन जोशीको अपहरणपछि सकुशल उद्धारका लागि विभिन्न कूटनीतिक तथा सुरक्षा उपायहरू अगाडि बढाएको भएपनि दुर्भाग्यवश उनको निधनको पुष्टि संगै राष्ट्रमा शोकको छाया फैलिएको बताए ।

यसैगरी, विभिन्न राजनीतिक, सामाजिक तथा मानवअधिकार सङ्गठनहरूले विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त गर्दै सरकारलाई यस्ता घटनाको पुनरावृत्ति हुन नदिन कडाइ गर्न आग्रह गरेका छन्।