पूर्वसभामुख महराविरुद्ध सुन तस्करी प्रकरणमा थुनछेक बहस भोली पनि हुने

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वसभामुख महराविरुद्ध सुन तस्करी प्रकरणमा थुनछेक बहस भोली पनि हुने

काठमाडौ । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा आजको लागि थुनछेक बहस सकिएको छ ।

न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा आजको सुनुवाइमा सरकारी वकिल र प्रतिवादी पक्षबीच बहस चले पनि नसकिएकाले भोलि पुन: बहस जारी रहने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरी सोमबार अभियोगपत्रसहित अदालतमा पेश गरेको थियो । 

पूर्वसभामुख महरालाई भन्सार छली र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रहरीले अनुसन्धानका क्रममा २०७९ पुस १० गते फ्लाई दुबईको जहाजबाट नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले ल्याएको ७३० वटा विद्युतीय चुरोटमा सुन लुकाएर ल्याइएको पत्ता लगाएको थियो।

त्रिभुवन विमानस्थल हुँदै ल्याइएको उक्त सुन भन्सारकै कर्मचारीको संलग्नतामा बाहिरिएको र त्यसमा महरा र उनका छोरा राहुलको मिलेमतो रहेको अनुसन्धानबाट खुलेको हो। यसअघि सोही प्रकरणमा संलग्न भन्सार कर्मचारीविरुद्ध मुद्दा दर्ता भइसकेको छ भने प्रारम्भिक चरणमा उनीहरूलाई प्रतिवादी बनाइएको थिएन। प्रमाण थप बलियो बन्दै गएपछि सीआईबीले महरालाई पक्राउ गरेको हो।