हमासले हस्तान्तरण गरेको मृतक चार बन्दीमध्ये नेपाली युवक विपिन जोशीको शव पुष्टि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सोमबार हमासले हस्तान्तरण गरेका चार मृतक बन्दीमध्ये २४ वर्षीय नेपाली युवक विपिन जोशीको शव स्वास्थ्य परीक्षणबाट पुष्टि भएको छ। इजरायली सेनाले मंगलबार दिएको जानकारी अनुसार हस्तान्तरण गरिएका शवमध्ये विपिन जोशी र गाई इलुजका अवशेषहरू प्राप्त भएका छन्।
प्राप्त अवशेषहरूको पहिचान इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले सम्पन्न गरेको छ । आईडीएफका अनुसार, पहिचान प्रक्रिया इजरायली प्रहरी र सैनिक रब्बिनेटको सहकार्यमा पूरा गरिएको हो। गाई इलुजलाई जिउँदै अपहरण गरिएको थियो र उपचार नपाएका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ।
आईडीएफले शवको पुष्टि भएपछि विपिन जोशी र गाई इलुजका परिवारलाई जानकारी गराएको छ।













