भारतको चण्डिगढमा एक नेपालीको शव एक सातादेखि अलपत्र

User Image Prime TV News एक महिना अगाडि
Image of भारतको चण्डिगढमा एक नेपालीको शव एक सातादेखि अलपत्र

चण्डिगढ, भारत । भारतको चण्डिगढमा एक नेपालीको निधन भएको छ । तर आफन्तको अभावमा उनको शव एक सातादेखि अस्पतालमा अलपत्र अवस्थामा रहेको चण्डिगढमा रहेका नेपालीहरुले प्राइम टिभी एचडीलाई जानकारी गराएका छन् ।

नाम दिनेश केसी बताउने उनले आफ्नो घर नवलपुरको कावासोती दलदले क्युरेनी भएको चण्डिगढमा रहेको नेपालीहरुलाई बताएका थिए । पञ्जाबको मुहाली शाहीमाजरा भन्ने स्थानमा केसीको आकस्मिक निधन भएको हो ।

आफन्त कोही नदेखिएका उनको शवलाई चण्डिगढमा भएका नेपालीहरुले फेस छेको सरकारी अस्पतालमा राखेका छन् । उनको शवको पोष्टमर्टम गर्ने तयारी भइरहेको चण्डिगढमा रहेका एक नेपालीले प्राइम टिभी एचडीलाई बताएका छन् ।

केसीका आफन्त वा चिन्नुहुनेले चण्डिगढमा रहेका मनोज शर्मालाई ००९१६२८३७३१९०२ र विक्रम थापालाई ००९१९८७७३३२२१५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।