संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को रिट

User Image Prime TV News एक महिना अगाडि
Image of संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एकपछि अर्को रिट

काठमाडौ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ६ वटा रिट दायर भएका छन्। सर्वोच्च अदालतका अनुसार ती रिटहरू दर्ता भइसकेका छैनन् र अध्ययनको चरणमा रहेका छन्। अदालतले मंगलबारदेखि रिट दर्ता गर्ने निर्णय गरे संगै संसद पुर्नस्थापना सम्बन्धी रिट पर्ने क्रम वढ्को हो । 

रिटमा प्रतिनिधि सभा विघटन र वर्तमान सरकार गठनलाई असंवैधानिक ठहर गर्दै त्यसलाई बदर गर्न माग गरिएको छ। सरकारलाई असंवैधानिक घोषणा गरी संसद पुनर्स्थापना गर्न रिट दायर गरिएको छ । 

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कानुन मन्त्री अनिलकुमार सिन्हा, गृह मन्त्रालय र संघीय संसद सचिवालयलाई विपक्षी बनाइएका छन् । 

भदौ २३ गते भएको घटनालाई मानवताविरोधी अपराध घोषणा गरी दोषीलाई कानुनी कारबाही गर्न र भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति भवनमा गरिएको तोडफोड तथा आगजनीका दोषीहरूलाई पनि कानुनी दायरामा ल्याउन समेत रिटमा माग गरिएको छ।