कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को छायाङ्कन मुस्ताङबाट सुरु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली चलचित्रको बहुचर्चित शृङ्खला ‘कबड्डी’ को पाँचौं भाग ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को छायाङ्कन सुरु भएको छ। निर्देशक तथा निर्माता रामबाबु गुरुङले मंगलबारदेखि मुस्ताङमा छायाङ्कन थालनी गरेका हुन्।
यस पटकको शृङ्खलामा केही नयाँ अनुहारको प्रवेश भएको छ। चर्चित अभिनेता विपीन कार्की र मिस यूके नेपाल २०१७ की विजेता सिर्जना गुरुङ पहिलो पटक ‘कबड्डी’ फ्रेन्चाइजमार्फत पर्दामा देखिँदैछन्। घिल्ला श्रृङ्खलामा मनपराइएका कलाकारहरू दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, र ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर पुनः दोहोरिएका छन्।
कलाकार विजय बरालका अनुसार अहिले विपीन कार्की बाहेक सबै मुख्य कलाकारहरू मुस्ताङ पुगिसकेका छन्। विपीन तिहारपछि मात्रै छायाङ्कनमा सहभागी हुने जनाइएको छ। निर्देशक गुरुङले फिल्मको शीर्षकबाटै दर्शकलाई चासो दिन खोजेका छन् ।













