पानीको बोतल र जारको मूल्य तोकियो, तोकिएभन्दा महँगोमा बेच्नेलाई कारबाही हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकासहित देशभर बिक्री हुने बोतल र जारको पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ।
विभागले सोमबार सूचना जारी गर्दै एक लिटरको बोतल र २० लिटरको जारको मूल्य निर्धारण गरेको हो। अबदेखि काठमाडौं उपत्यकामा एक लिटर बोतल पानीको मूल्य १६ र २० लिटर जारको मूल्य रु ४७ तोकिएको छ।
उपत्यका बाहिर भने एक लिटर पानीको मूल्य रु २० र जारको मूल्य रु ६० तोकिएको छ। यसअघि व्यापारीहरूले मनपरी मूल्यमा पानी बिक्री गर्दै आएका थिए । जसले उपभोक्तालाई ठगी गरेको विभागको भनाइ छ।
विभागले तोकिएको मूल्यभन्दा बढीमा बिक्री वितरण गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारबाही गरिने चेतावनी दिएको छ । साथै, उपभोक्तालाई तोकिएको मूल्यभन्दा बढीमा पानी बेचिएको भेटिएमा विभाग वा मातहत कार्यालयमा जानकारी दिन अपिल गरिएको छ।














