नेपाली बजारमा सुन-चाँदीको मूल्यले तोड्यो सबै रेकर्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुबैको मूल्य आकाशिँदै नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन ८ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुनको कारोबार मूल्य २ लाख ४० हजार ४०० रुपैयाँ थियो। मंगलबारको नयाँ दरसँगै नेपाली इतिहासमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो। सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ।
सोमबार ३ हजार २२० रुपैयाँ प्रतितोला रहेको चाँदी मंगलबार १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ। यो मूल्य चाँदीको हकमा पनि हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मागमा आएको वृद्धि, डलरको भाउमा भएको उतारचढाव र विश्वव्यापी आर्थिक अनिश्चितता जस्ता कारणहरूले गर्दा मूल्यमा यस्तो उछाल आएको हो।













