सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता प्रक्रिया पुनः शुरू

User Image Prime TV News एक महिना अगाडि
Image of सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता प्रक्रिया पुनः शुरू

काठमाडौ । जेनजी आन्दोलनका कारण आगजनीमा परेर ध्वस्त भएको सर्वोच्च अदालतको भवनमा अब अदालतका सेवाहरू पुनः सुरु भएको छ।

सर्वोच्च अदालतको कार्यसूचीमा ठुलो बाधा पुर्याएपछि आजदेखि अदालतका केहि नियमित सेवाहरू आंशिक रूपमा संचालनमा आएका छन्।

सर्वोच्च अदालतको पूर्ण बैठकले रिट निवेदनको दर्ता र सुनुवाइलाई प्राथमिकता दिने निर्णय गरेको थियो। अब, बन्दी प्रत्यक्षीकरणका निवेदन र अत्यावश्यक मुद्दाहरूको सुनुवाइका साथ रिट निवेदनको दर्ता पनि सुरु हुनेछ।

सर्वोच्च अदालतको भवनमा आगजनी भएको कारणले प्रमुख न्यायिक प्रक्रिया ठप्प भएको थियो। हाल अदालतका कर्मचारी र सुरक्षा निकायले अदालत परिसरको मर्मतसम्भारका काममा तीव्रता दिएका छन् र नियमित सेवा सुरु गर्ने तयारी गरिएको थियो।

जेनजी आन्दोलन पछि अदालतले प्रारम्भिक रूपमा रिट निवेदन र मुद्दा दर्ताका प्रक्रिया स्थगित राखेको थियो ।  जसकारण नागरिकका धेरै न्यायिक मुद्दाहरू प्रभावित भएका थिए।