गाजामा मारिएका नेपाली विपिन जोशीको शव इजरायललाई फिर्ता

User Image Prime TV News एक महिना अगाडि
Image of गाजामा मारिएका नेपाली विपिन जोशीको शव इजरायललाई फिर्ता

काठमाडौ । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शव हमासले इजरायललाई फिर्ता गरेको छ। सोमबार राति हमासले अन्तर्राष्ट्रिय रेडक्रसको माध्यमबाट विपिनसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको टाइम्सअफइजरायलले जनाएको छ।

इजरायली सेनाका अनुसार विपिन जोशीसँगै गाइ इलाउज, योशी शाराबी र ड्यानियल पेरेजका शव फिर्ता गरिएका छन्। शवहरूलाई फरेन्सिक परीक्षण र पहिचानका लागि तेल अवीभस्थित अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगिएको छ।

हमासले यसअघि २० जना जीवित बन्धकलाई इजरायललाई जिम्मा लगाइसकेको थियो। तर, त्यसबेला नेपाली विद्यार्थी विपिनको अवस्थाबारे स्पष्ट जानकारी थिएन। पछि मृत बन्धकहरूको सूची सार्वजनिक गर्दै हमासले विपिनको मृत्यु भइसकेको पुष्टि गरेको हो।

२०७९ असोज ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन बन्धक बनाइएका थिए। उनी आफ्ना साथीहरूलाई जोगाउने प्रयासका क्रममा हमासको कब्जामा परेका थिए।

विपिनको मृत्यु पुष्टि भएपछि हमासको आक्रमणमा मारिएका नेपालीहरूको संख्या ११ पुगेको छ ।