नेपालको शानदार जित, सन्दीपको ५ विकेटले चम्कियो नाम
Prime TV News एक महिना अगाडि 
काठमाडौ ।ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए भने कुशल मल्लले २५ रन जोडे।
१४८ रनको लक्ष्य पछ्याउने क्रममा कतारले आक्रामक सुरुवात गरेको थियो। एक समयमा जिततर्फ लम्किएको कतारलाई नेपाली बलरहरूले शानदार प्रदर्शन गर्दै अन्तत १९ ओभर ५ बलमा १४२ रनमै समेटे।
नेपालका स्पिनर सन्दीप लामिछाने खेलका नायक बने। उनले ३.५ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए। सन्दीपको घातक बलिङअगाडि कतारी ब्याट्सम्यानहरू टिक्न सकेनन्। अन्य बलरहरू पनि अनुशासित रहँदा नेपालले जित सुरक्षित गर्न सफल भयो।
यस जितसँगै नेपालले सुपर सिक्समा आफ्नो दोस्रो जित दर्ता गर्दै टी–२० विश्वकपमा प्रवेश गर्ने सम्भावना अझ प्रबल बनाएको छ ।













