हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि, शव आजै इजरायललाई बुझाइँदै

User Image Prime TV News एक महिना अगाडि
Image of हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि, शव आजै इजरायललाई बुझाइँदै

काठमाडौ । हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। जोशीसहित चार जना बन्धकहरूको शव आजै रेडक्रसको माध्यमबाट इजरायललाई बुझाइने भएको हो।

हमासको सैन्य शाखाले सार्वजनिक गरेको सूचनामा इ इलौज, योस्सी शराबी, डानियल पेरेत्स र नेपालका विपिन जोशीका शव इजरायलतर्फ हस्तान्तरण गर्न तयारी भइरहेको उल्लेख गरिएको छ।

बीबीसीका अनुसार रेडक्रसका प्रतिनिधि गाजाको दक्षिणी क्षेत्रमा रहेका शव सङ्कलन स्थलतर्फ पुगिसकेका छन्। इजरायली सेनाका अनुसार बन्धकहरूको शव संकलन र हस्तान्तरण प्रक्रिया रेडक्रसमार्फत भइरहेको छ।

आईडीएफ र इजरायली गुप्तचर संस्था शिन बेटले संयुक्त वक्तव्य जारी गर्दै मृतक बन्धकहरूको शव गाजाको भेटघाट स्थलमा राखिएको पुष्टि गरेका छन्।

हमासले आजै २० जना जीवित बन्धकलाई पनि मुक्त गरेको जनाएको छ। इजरायली अधिकारीका अनुसार हालसम्म फेला परेका मृतक बन्धकहरूको संख्या २८ जनासम्म पुग्न सक्ने अनुमान गरिएको छ।

विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासको इजरायलमाथिको आक्रमणका क्रममा अपहरणमा परेका थिए। उनी इजरायलकोलर्न एन्ड अर्नकार्यक्रमअन्तर्गत अध्ययनका लागि किबुज अलुमिममा बसेका १६ नेपाली विद्यार्थीमध्ये एक हुन्। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।