तिहारको माहोल: भक्तपुरमा माटोका पाला तयार पार्न व्यस्तता

User Image Prime TV News एक महिना अगाडि
Image of तिहारको माहोल: भक्तपुरमा माटोका पाला तयार पार्न व्यस्तता

काठमाडौ । तिहार नजिकिएसँगै भक्तपुरका स्थानीय प्रजापति समुदाय माटोका पाला बनाउन व्यस्त छन् । भक्तपुरको पोर्टरी स्क्वायर स्क्वाएरमा माटाको भाँडा बनाउँदै आएका स्थानीय प्रजापति समुदाय तिहारमा माटोका पाला लगाएतका भाँडा बनाउन व्यस्त रहेका हुन् ।

तिहारमा माटोको पालाको माग धेरै हुने भएकाले पाला बनाउन भ्याइनभ्याई भएको स्थानीय बिनोद कुमार प्रजापतिले बताए । उनले माटोको पालाको माग अनुसारको बनाउन नसकिएको उल्लेख गर्दै भक्तपुरमा उत्पादन भएका पाला उपत्यकाका साथै काभ्रे, चितवन धादिङ, नुवाकोट, पोखरा लगाएतका स्थानबाट लिन आउने गरेको प्रजापतिले जानकारी दिए । 

अहिले बजारमा प्लाष्टिकका दियोहरु आएपनि माटोको पालाको मागमा भने कुनै कमि नआएको उनको भनाई छ । पहिलेको बर्षका तुलनामा यस बर्ष माटोको पालाको भाउमा कुनै तलमाथि नभएको पनि ब्यवसायीहरुले बताए । भक्तपुरका स्थानीय प्रजापतिले अन्य समयमा पनि गमला, खुत्रुके लगाएत माटोका सामानहरु बनाउदै बिक्रिबितरण गर्दै आएका छन् ।