नेप्से परिसूचक ४४ अंकले वृद्धि

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से परिसूचक ४४ अंकले वृद्धि

काठमाडौ । नेप्से परिसूचक ४४ अंकले वृद्धि गर्दै २५४७ मा पुगेको छ । आजको कारोबारी दिनमा नेपाली सेयर बजारमा सकारात्मक प्रवृत्ति देखिएको छ।

नेप्से परिसूचक ४४.२५ अंकको वृद्धि हुँदै २५४७ को स्तरमा पुगेको हो । बिहानको कारोबारी सत्रमा केही उतारचढाव देखिएको भए पनि साढे १२ बजेदेखि बजारमा स्थिरता र वृद्धि कायम भयो।

समग्र बजारको वृद्धि सँगै २०० भन्दा बढी कम्पनीहरूको सेयर मूल्य वृद्धि भएको छ भने ४४ कम्पनीहरूको मूल्य घटेको छ।

८ कम्पनीहरूको मूल्य भने स्थिर रहेको छ। यद्यपि, कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ७० करोडको कारोबार भएकोमा आज चार अर्ब ९७ करोडको कारोबार मात्र भएको छ।