महरा विरुद्ध अभियोग दर्ता, ८ करोड ५५ लाख रुपैयाँको बिगो र ३ वर्ष कैद सजायको माग

User Image Prime TV News एक महिना अगाडि
Image of महरा विरुद्ध अभियोग दर्ता, ८ करोड ५५ लाख रुपैयाँको बिगो र ३ वर्ष कैद सजायको माग

काठमाडौ । पूर्व सभामुख कृष्ण बहादुर महरा विरुद्ध सुन तस्करीको आरोपमा अदालतमा अभियोग दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको अभियोग पत्र अनुसार, महरा माथि ८ करोड ५५ लाख रुपैयाँको बिगो र ३ वर्ष कैद सजायको माग गरिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो। उनीविरुद्ध २०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गसँग मिलेर अवैध रूपमा सुन तस्करी गरेको आरोप छ। महरा तस्करी घटनामा प्रतिवादी कायम भएका एकमात्र व्यक्ति हुन्।

यस प्रकरणमा, सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई दोषी ठहर गर्दै पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगको सिफारिसपछि महराविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो।

सुन तस्करीमा संलग्नता भएको आरोपमा महराविरुद्ध थुनछेक बहसको प्रक्रिया आगामी मंगलबारदेखि सुरु हुने बताइएको छ।