बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री अर्याल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
ललितपुरमा विपद् जोखिम न्यूनीकरण चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री आर्यालले नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएकाले जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी लगाएतका बिपद्का घटनाले जनधनको क्षतिका साथै विकासको गतिमा समेत अवरोध हुने गरेको उल्लेख गर्दै मन्त्री अर्यालले विपद्लाई प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक रहेको धारणा राखे ।
बिपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचक यन्त्र विस्तार गरिएको, समूदायमा आधारित जोखिम न्यूनीकरण तथा व्यवस्थापन अवधारणा अनुसार क्षमता अभिबृद्धि कार्यक्रम चलाइएको पनि मन्त्री अर्यालको भनाई छ ।













