विपिनका परिवार तथा आफन्त भावविह्वल

User Image Prime TV News एक महिना अगाडि
Image of विपिनका परिवार तथा आफन्त भावविह्वल

काठमाडौ । इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताए संगै यता विपिनका परिवार तथा आफन्त भावविह्वल अबस्थामा परेका छन् । इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

विपिन जीवित नरहेको भन्ने संचार माध्यममा आएसंगै विपिनको घरमा आफन्तहरुको भेला भएको छ । तर परिवारले विपिनको अन्तिम पुष्टि कुरेर बसेका छन् । इजरायली सेनाले विपिन नरहेको जानकारी गराएपनि सार्वजनिकको समय कुरेको विपिनका दाजुको भनाई छ ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको खबर बाहिरिएको छ ।