महिला विश्वकपमा भारतमाथि अस्ट्रेलियाको जित
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अस्ट्रेलियाले जारी महिला विश्वकपमा भारतमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा अस्ट्रेलियाले भारतलाई ३ विकेटले पराजित गरेको हो।
भारतले दिएको ३३१ रनको विशाल लक्ष्य पछाएको अस्ट्रेलियाले ४९ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।
अस्ट्रेलियालाई जिताउने क्रममा कप्तान एलिसा हेलीले सर्बाधिक १४२ रन बनाएकी थिइन्। यस अघि पहिला ब्याटिंग गरेको भारतले ४८ दशलमव ५ ओभरमा अल आउट हुदै ३३० रन बनाएको थियो।
भारतका लागि स्मृति मन्दानाले ८० र प्रतिका रावलले ७५ रन बनाएका थिए। जितपछि अस्ट्रेलिया ४ खेलमा ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।
भारतको भने यो ४ खेलमा दोस्रो हार हो। भारतको ४ खेलमा ४ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ।













