सुवेदीविरुद्ध प्रचण्ड सचिवालयले साइबर ब्यूरोमा उजुरी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी विरुद्ध साइवर ब्यूरोमा उजुरी दिएको ।
सचिवालयले सामाजिक सञ्जालमार्फत प्रचण्डको घर जलाइनु भन्दा दुई दिन अघि दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लुकाइएको भन्ने तथ्यहीन र गलत प्रचार गरेको आरोप लगाइएको भन्दै सुबेदी विरुद्ध ब्युरोमा उजुरी दर्ता गराएको हो ।
पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गर्ने प्रयास गरेको आरोपमा प्रचण्डको सचिवालयले ब्यूरोमा उजुरी दिएको जनाएको छ। सचिवालयका तर्फबाट गरिएको उजुरीमा भनिएको छ, "यो गलत प्रचार डिजिटल माध्यममार्फत फैलाइने र यसमा जानबुझक गरिएका गलत सूचना र अफवाहहरूको प्रचुरता छ। यसले पार्टी नेतृत्व र विशेषत: संयोजक प्रचण्डको प्रतिष्ठामा ठुलो धक्का पुर्याएको छ।"
उक्त उजुरीमा साइबर कानुनविपरीत गलत प्रचार प्रसार गरिएपछि, यसको छानबिन र आवश्यक कानुनी कारवाही गर्न प्रहरीलाई आग्रह गरिएको छ।













