एकीकृत समाजवादीको सचिवालय बैठक: आगामी निर्वाचनको तयारी र एकता प्रक्रियामा जाने निर्णय

User Image Prime TV News एक महिना अगाडि
Image of एकीकृत समाजवादीको सचिवालय बैठक: आगामी निर्वाचनको तयारी र एकता प्रक्रियामा जाने निर्णय

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी फागुन २१ को निर्वाचनमा निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न माग गरेको छ । केन्द्रीय सचिवालयको बैठकले आगामी निर्वाचनको तयारी र पार्टी एकताको प्रक्रियामा महत्वपूर्ण निर्णयहरू लिदै निर्वाचनमा जाने निर्णय गरेको हो ।

बैठकले वामपन्थी र समाजवादी पार्टीहरूसँगको एकता प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ। यसका लागि तीन सदस्यीय कार्यदल गठन गरिएको छ । जसको नेतृत्व नेता बेदुराम भुसालले गरेका छन्। कार्यदलले एकता वार्ता प्रक्रिया अघि बढाउने जिम्मेवारी लिएको छ।

यसैबीच, पार्टीले आगामी निर्वाचनको मिति घोषणासँगै चुनावी तयारीमा जुट्ने निर्णय समेत गरेको छ। पार्टीले चुनावी तयारीसँगै मतदाता नामावलीमा उमेर पुगेका नयाँ मतदाताहरूको नाम दर्ता प्रक्रिया अघि बढाइरहेको निर्वाचन आयोगको काममा सक्रिय भूमिका निभाउने निर्णय पनि गरेको छ। यसका लागि सबै पार्टी कमिटीहरूलाई निर्देशन दिइएको छ । 

बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक असोज २९ र ३० मा बोलाएको छ ।