प्रधानमन्त्री कार्कीले संकटमा सबै पक्षसँग सहकार्यको अपील

User Image Prime TV News एक महिना अगाडि
Image of प्रधानमन्त्री कार्कीले संकटमा सबै पक्षसँग सहकार्यको अपील

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान संकटको समयमा सबै राजनीतिक पक्ष मिलेर देशलाई अघि बढाउनु आवश्यक रहेको बताएकी छन्। उनले आज सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गर्दै सहकार्य र समन्वयको महत्व औंल्याइन।

भेटमा आगामी राष्ट्रिय सभाका सदस्यहरूको निर्वाचन, राष्ट्रिय सभाको बैठक बोलाउने व्यवस्था र हालका विधेयकहरूको विषयमा छलफल भएको थियो। आगामी २० फागुनमा राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि सकिँदैछ र कानुनअनुसार निर्वाचन समयमै सम्पन्न गर्नु अनिवार्य छ।

छलफलपछि अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रिय सभाको निर्वाचनका साथै राष्ट्रिय सभा बैठक बोलाउने विषयमा पनि परामर्श भएको जानकारी दिए। भेटमा राष्ट्रिय सभामा रहेका विधेयकहरूका विषयमा पनि छलफल भएको थियो।