पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ, सुन तस्करी अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो सक्रिय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।
सीआईबीले जारी गरेको विज्ञप्तिमा महराको नियन्त्रणमा लिएको पुष्टि गरिएको छ। अनुसन्धान अनुसार, महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरणमा ब्युरोले लामो समयदेखि तथ्याङ्क संकलन गर्दै आएको थियो।
०७९ पुस १० गते फ्लाइ दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्र्याएको प्रकरणमा महरा जोडिएका छन्।
यसअघि पनि प्रहरीले महरालाई सोही प्रकरणमा नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।














