राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधार, अस्पतालबाट डिस्चार्ज
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार स्वास्थ्य समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनका स्वास्थ्य अवस्थामा सुधार आएपछि राष्ट्रपति पौडेललाई आइतबार नै डिस्चार्ज भएका हुन् ।
राष्ट्रपतिको सचिवालयले स्वास्थ्य स्थितिबारे जानकारी दिदै अहिले राष्ट्रपति पौडेलको अवस्था स्थिर र सन्तोषजनक छ। शनिबार जेनजी प्रतिनिधिहरूसँग वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेलले स्वास्थ्य समस्या देखिएकाले वार्ता नगरी अस्पताल जानु परेको थियो।
उनको अनुपस्थितिमा राष्ट्रपति भवनमा भएको जेनजी प्रतिनिधिसँगको वार्तामा प्रधानमन्त्रीले सहभागिता जनाएका थिए ।













