सुन र चाँदीको मूल्यमा व्यापक वृद्धि, बजारमा फेरि उच्चचाप

User Image Prime TV News एक महिना अगाडि
Image of सुन र चाँदीको मूल्यमा व्यापक वृद्धि, बजारमा फेरि उच्चचाप

काठमाडौ । गत केही दिनयता लगातार उतारचढाव भइरहेका सुन र चाँदीको मूल्य आज फेरि व्यापक रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा तीन हजार रुपैयाँले वृद्धि भई पुनः उच्च स्तरमा पुगेको छ।

गत बिहीबार सुनको मूल्य तोलामा दुई लाख ३९ हजार २०० रुपैयाँसम्म पुगेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। तर, गएको शुक्रबार अचानक सुनको मूल्य तोलामा चार हजार दुई सय रुपैयाँ घटेर दुई लाख ३५ हजारमा झरेको थियो। तर आजको मूल्य वृद्धिले सुन बजारमा पुनः गतिलो चलन फर्किएको देखिन्छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा तीन हजार एक सय २५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर तीन हजार ८५ रुपैयाँ पुगेको थियो।