गाजाबाट रिहा हुने सम्भावित बन्धकको सूचीमा नेपाली युवा विपिन जोशी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इजरायल र हमासबीच भएको युद्धविराम सहमति अन्तर्गत सोमबारदेखि बन्धकहरूको रिहाइ प्रक्रिया सुरु हुने तयारी भइरहेका बेला गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको नाम सार्वजनिक गरिएको छ।
सार्वजनिक नामावलीमा नेपालका विपिन जोशी पनि परेका छन्। यसअघि विपिनसहित अन्य केही बन्धकहरूको अवस्था अज्ञात मानिएको थियो। तर अब अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू टाइम्स अफ इजरायल, एपी, र सीएनएन लगायतले सार्वजनिक गरेको बन्धकहरूको सूचीमा विपिनको नाम स्पष्ट रूपमा उल्लेख गरिएको छ।
२३ वर्षीय जोशी, कृषि अध्ययनका लागि इजरायल गएका नेपाली विद्यार्थी समूहमा समावेश थिए। हमासले गत वर्ष अक्टोबरमा इजरायलमाथि आक्रमण गरेपछि बेपत्ता भएका उनीहरूलाई लामो समयसम्म सम्पर्कविहीन मानिएको थियो।
शुक्रबारबाट लागू भएको युद्धविरामसँगै आगामी सोमबारदेखि मंगलबारसम्म बन्धकहरूको रिहाइ सुरु हुने अपेक्षा गरिएको छ।













