नेकपाको आकस्मिक केन्द्रीय समिति बैठक आज, वामपन्थी एकता र जेनजी विद्रोह मुख्य एजेन्डा

User Image Prime TV News एक महिना अगाडि
Image of नेकपाको आकस्मिक केन्द्रीय समिति बैठक आज, वामपन्थी एकता र जेनजी विद्रोह मुख्य एजेन्डा

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेनजी विद्रोहपछिको बदलिँदो राजनीतिक परिदृश्यका बीच केन्द्रीय समितिको आकस्मिक बैठक आज कपिलवस्तुको शिवगढीमा बस्दैछ।

बैठक दिउँसो २ बजे सुरु हुने बताइएको छ। बैठकमा वामपन्थी एकता, राजनीतिक ध्रुवीकरण, विशेष महाधिवेशनको तयारी, र पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा मुख्य एजेन्डा रहनेछ।

यसअघि शनिबार बसेको स्थायी समिति बैठकले आजको बैठकका एजेन्डा तय गरेको थियो। माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत दलहरूसँगको सम्भावित एकताका बिषयमा पनि छलफल हुने बताइएको छ ।

नेकपाका महासचिव विप्लवले असोजको दोस्रो साता काठमाडौंमा रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत वाम नेताहरूसँग गोप्य भेटवार्ता गर्दै एकताको सम्भावनाबारे छलफल गरेका थिए।