पार्टी एकता होइन, पुनर्गठनको मार्गमा लागौ: झलनाथ खनाल( पत्र सहित)

User Image Prime TV News एक महिना अगाडि
Image of पार्टी एकता होइन, पुनर्गठनको मार्गमा लागौ: झलनाथ खनाल( पत्र सहित)

काठमाडौ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकीकरणको सट्टा पुनर्गठन र वैचारिक रूपान्तरणमा जोड दिएका छन्। उनले नेकपा माओवादी केन्द्रसँगको सम्भावित पार्टी एकताको स्पष्ट रुपमा विरोध गर्दै पार्टीलाई मुलधारबाट पुनः संगठित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

दिल्लीमा पत्नीको उपचारका क्रममा रहेका खनालले पार्टी सचिवालय बैठकमा पठाएको लिखित प्रस्तावमा भनेका छन्, "यो समय पार्टी एकता गर्ने उपयुक्त मौसम होइन। हामी गलत बाटोमा हिँडेर भड्खालोमा पर्ने दिशामा जानु हुँदैन।"

खनालले नेकपा एमालेबाट अलग भएर समाजवादी पार्टी गठन गरिएको चार वर्षे यात्राको "निर्मम समीक्षा" गर्नुपर्नेमा जोड दिएका छन्। उनले विगतका निर्णयहरू ठिक थिए वा थिएनन् भन्ने कुरामा स्पष्ट भएर अघि बढ्नुपर्ने बताए।

आफ्नो पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित वामपन्थी नेतृत्वमाथि दक्षिणपन्थी शक्तिहरूको पछि लागेको आरोप लगाएका छन्। उनले यस्तो प्रवृत्तिले देशलाई सामाजिक–आर्थिक रूपान्तरणको बाटोबाट विचलन गराएको र विदेशी प्रभाव बढाएको चेतावनी खनाले दिएका छन्।

साथै एकता प्रक्रिया रोक्नुपर्ने सुझाव दिँदै खनालले बृहत राष्ट्रिय मोर्चा निर्माण गरी प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका छन्।