नेकपा एमालेको सचिवालय बैठक बस्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। शुक्रबारदेखि सुरु भएको बैठक शनिबारका लागि तय गरिएको थियो। तर, अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि बैठक स्थगित गरिएको थियो।
आज बस्ने बैठकमा अध्यक्ष ओलीले शुक्रबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र संसद पुनःस्थापनाको प्रस्तावमाथि विस्तृत छलफल हुने बताइएको छ।
त्यससँगै भदौ २३ र २४ गते आयोजित आन्दोलनको समीक्षा, पार्टी पुनर्गठन प्रक्रिया र आगामी राजनीतिक कदमबारे समेत सदस्यहरूले धारणा राख्नेछन्।
एमाले भित्र पार्टी नेतृत्व परिवर्तनको वहस हुदै आएको छ । सचिवालय बैठकका अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । साथै एमाले भित्र विघटित प्रतिनिधीसभा पुर्नस्थापना कि निर्वाचन भन्ने विवाद पनि कायमै छ ।
केही नेताहरूले संसद पुनःस्थापना ‘राजनीतिक स्थिरताका लागि आवश्यक’ भएको तर्क गर्दै समर्थन जनाएका छन् भने अन्यले ‘त्यो प्रस्ताव व्यवहारिक नहुने’ बताउँदै असहमति जनाएका छन्।













