अभिनेता राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

User Image Prime TV News एक महिना अगाडि
Image of अभिनेता राजेश हमालको आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक

काठमाडौ । नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, विचार र दर्शन समेटिएको पुस्तकयुगदेखियुगसम्मशनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित विशेष समारोहमा अभिनेता हमाल, उनकी श्रीमती मधु भट्टराई, लेखक यज्ञश र साहित्यकार बुद्धिसागरले संयुक्त रूपमा पुस्तक विमोचन गरे।

पत्रकार तथा लेखक यज्ञशसँगको संवाद शैलीमा तयार भएको पुस्तकमा हमालको व्यक्तिगत जीवन, चलचित्र यात्रा, सामाजिक सोच र राजनीतिक दृष्टिकोणको समग्र चित्रण गरिएको छ। हमालले पुस्तकमार्फत आफूले पहिले कहिल्यै सार्वजनिक नगरेका विषयहरू समेत उजागर गरेको बताए।

उनले भने, “यो पुस्तकमा मेरो जीवनका ती पक्ष पनि समेटिएका छन्, जुन मैले आजसम्म गोप्य राखेको थिएँ। यसमा राजनीति, धर्म, मनोविज्ञान र सामाजिक यथार्थका कुरा खुला रूपमा लेखिएका छन्।

हमालले पुस्तक लेखनका क्रममा आफूलाई पूर्णरूपमा प्रश्नकर्तालाई सुम्पिएको बताउँदै चलचित्रका बाहिरको जीवन र समाजप्रतिको आफ्नो दृष्टिकोण पुस्तकमा प्रतिबिम्बित भएको उल्लेख गरे।

लेखक यज्ञशले पुस्तक लेख्ने क्रममा हमालसँगको संवादलाई असाधारण अनुभवको रूपमा वर्णन गर्दै भने, “मैले राखेका सबै जिज्ञासाका उहाँले स्पष्ट र इमानदार जवाफ दिनुभयो। पुस्तकमा केही छुटेको छ भने त्यो मेरो कल्पनाले पुग्न नसकेको भाग हुन सक्छ।