कांग्रेसभित्र सत्ता संघर्ष चर्कियो, देउवाविरुद्ध इतर पक्षको दबाब तीव्र

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसभित्र सत्ता संघर्ष चर्कियो, देउवाविरुद्ध इतर पक्षको दबाब तीव्र

काठमाडौ । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाको नेतृत्वलाई चुनौती दिने आवाज तीव्र बन्दै गएको छ।

इतर पक्षले सुरु गरेको हस्ताक्षर अभियानमा आधाभन्दा बढी महाधिवेशन प्रतिनिधिले समर्थन जनाएपछि पार्टीभित्र सत्ता समीकरण फेरिन सक्ने संकेत देखिएको छ।

१४औं महाधिवेशनबाट निर्वाचित ४७ सय ४३ प्रतिनिधिमध्ये ५० प्रतिशतभन्दा बढीले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको दाबी गरिएको छ ।

हस्ताक्षर संकलन संगै अब बस्ने केन्द्रीय समितिले मंसिरभित्र महाधिवेशन गर्ने वा नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशनको मिति तोक्ने दुई विकल्पबीच निर्णय गर्नुपर्ने देखिएको छ ।

पार्टी विधान अनुसार यदि महाधिवेशन प्रतिनिधिहरूको कम्तीमा ४० प्रतिशतले माग गरे भने तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्छ। यही प्रावधानका आधारमा इतर पक्षले देउवा नेतृत्वमाथि दबाब बढाएको हो।

असोज ६ गतेदेखि सुरु गरिएको हस्ताक्षर अभियानमा गुरुराज घिमिरेसहित करिब १ सय ९ नेताहरू सक्रिय छन्। उनीहरू महाधिवेशन टार्ने कुनै पनि प्रयासप्रतिगामीभएको दाबी गर्छन्।

तर संस्थापन पक्ष भने भिन्न तयारीमा छ। देउवा निकट नेताहरूले पार्टीको एकता बचाउनसम्मानजनक व्यवस्थापनको नाममा विभिन्न विकल्पमा छलफल थालेका छन् । 

देउवा पक्षका डा. शशांक कोइरालाले समेत केन्द्रीय समिति भङ्ग गरी कार्यवाहक तोक्ने सुझाव दिएका छन्, जसले पार्टीभित्र विवाद झन् गहिरिएको छ। इतर पक्षले यस्तो प्रस्तावलाईमहाधिवेशन टार्ने चालभन्दै अस्वीकार गरेको छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भने मंसिरभित्र नियमित महाधिवेशन गर्न सकिनेमा जोड दिएका छन्।