नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ

काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । बैठकले आइतबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा टुंगो लगाउनेछ ।

गत बिहीबार उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् । बैठकमा नेताहरूले पार्टीको आन्तरिक एकता, आसन्न महाधिवेशन, सरकारले घोषणा गरेको निर्वाचन र हाल तीव्र बनेको जेनजी आन्दोलनबारे गम्भीर छलफल गरिरहेका छन् ।

बैठकमा अधिकांश नेताहरूले आगामी मंसिर महिनाभित्र पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन् ।उनीहरूले संगठन सुदृढीकरण र आन्दोलनका बीच पार्टीलाई स्पष्ट दिशा दिनुपर्नेमा जोड दिएका छन् ।

यता, सभापति शेरबहादुर देउवा भने जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आक्रमणमा परेपछि उपचाररत छन् । उनी हाल आराम गरिरहेका कारण पदाधिकारी बैठकमा सहभागी भएका छैनन् ।