बाढीले क्षतिग्रस्त बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा, १९ स्थानमा डाइभर्सन निर्माण

User Image Prime TV News एक महिना अगाडि
Image of बाढीले क्षतिग्रस्त बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा, १९ स्थानमा डाइभर्सन निर्माण

काठमाडौ । गत साताको बाढीपहिरोले क्षतिग्रस्त बनाएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली खण्डका १९ स्थानमाडाइभर्सननिर्माण गरी राजमार्ग शनिबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयका प्रमुख सीनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार शुक्रबार साँझसम्ममा सम्पूर्ण क्षतिग्रस्त खण्डमाट्रयाकखोलिएको र रातभर परीक्षण कार्य सम्पन्न भएपछि शनिबार बिहानदेखि सवारीसाधन सञ्चालन सुरु गरिएको हो।

बाढीले सडकका १७ स्थानमा क्षति पुर्‍याएको थियो। तीमध्ये काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका६ चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्ती हुँदै करिब चार किलोमिटर सडक कटान भएको थियो।

त्यस क्षेत्रमा चौकीडाँडा, कटुञ्जेघुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी र पिप्लेका चार स्थानसहित कुल १६ स्थानमाडाइभर्सननिर्माण गरिएको कार्यालयले जनाएको छ।

त्यसैगरी सिन्धुली खण्डका तीन स्थानमा पनि अस्थायी सडक निर्माण गरी शुक्रबार अपराह्न ट्रयाक खोलेर राजमार्ग सञ्चालनमा ल्याइएको हो।

गत मङ्गलबारदेखिडाइभर्सननिर्माण औपचारिक रूपमा सुरु गरिएको थियो। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बिहीबार क्षतिग्रस्त राजमार्गका विभिन्न खण्डको स्थलगत अवलोकन गर्दै कामलाई तीव्र पार्न निर्देशन दिएका थिए।