नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्धन गर्न महानगरले ३२ केन्द्रबाट बिक्रि बितरणको व्यवस्था
Prime TV News एक महिना अगाडि 
काठमाडौ । काठमाडौं महामगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवर्धन गर्न महानगर क्षेत्रभित्रका बिभिन्न ३२ केन्द्रबाट बिक्रि बितरणको व्यवस्था गरेको छ ।
तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवर्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्याउन नयाँ बानेश्वर, तीनकुने चावहिल, कालिमाटी, पुतलिसडक, सुन्धारा लगाएतका ३२ स्थानलाई बिक्रीस्थल तोकिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्धन गर्नकालागि महानगरले आवश्यक सहजीकरण गर्ने समेत महानगरपालिकाले जनाएको छ । नेपाली फूलको प्रयोग र घरेलु उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ प्लास्टिकजन्य कागजका फूलका साथै आयातित फूललाई पूर्ण रूपमा निषेध गरिएको र महानगरले त्यसको अनुगमन समेत गर्ने भएको छ ।
कार्तिक १ देखि ६ गतेसम्म सहज रुपमा स्वदेशी फूलको बिक्रिबितरणको व्यवस्था गरिएको पनि महानगरले जनाएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढिको फूलको कारोबार हुने अनुमान छ ।













