काठमाडौं प्रशासनद्वारा युवा संघको मोटरसाइकल र्‍यालीमा रोक

User Image Prime TV News एक महिना अगाडि
Image of काठमाडौं प्रशासनद्वारा युवा संघको मोटरसाइकल र्‍यालीमा रोक

काठमाडौ । नेकपा एमालेसम्बद्ध युवा संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गर्न लागेको मोटरसाइकल र्‍याली तथा सभामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालको अवस्था र सार्वजनिक सुरक्षालाई मध्यनजर गर्दै कुनै पनि समूह वा संगठनलाई र्‍याली, जुलुस वा सभा जस्ता कार्यक्रम गर्न अनुमति नदिइएको स्पष्ट पारेका छन्।

“सार्वजनिक सुरक्षाको दृष्टिकोणले सम्भावित जोखिमलाई विचार गरी कुनै पनि प्रकारका सभा, जुलुस तथा र्‍याली आयोजना गर्न अनुमति प्रदान गर्न सकिने अवस्था छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

युवा संघ नेपालले शनिबार मोटरसाइकल र्‍यालीसहित प्रदर्शन र सभा आयोजना गर्ने घोषणा गरेको थियो। यसअघि पनि विभिन्न राजनीतिक दलहरूसँग सम्बद्ध संगठनहरूले प्रदर्शनका क्रममा सडक अवरुद्ध र ट्राफिक व्यवस्थामा बाधा पुर्याउने गरेको भन्दै प्रशासनले समय–समयमा यस्ता गतिविधिमा रोक लगाउँदै आएको छ।